एनएसएलः पोखरा र धनगढीले अंक बाँडे | Khabarhub Khabarhub

एनएसएलः पोखरा र धनगढीले अंक बाँडे


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो । यसअघि धनगढीको ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको खेलेको थियो । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो ।

जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो । यससँगै धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको पोखरा भने ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : २१ बजे

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन