ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ? « Khabarhub

ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामाबीच सम्बन्धविच्छेद हुने चर्चा छ । तर, हालै मिसेल ओबामाले बाराकसँगको वैवाहिक सम्बन्धबारे मुख खोलेकी छिन् ।

धेरै सार्वजनिक कार्यक्रमहरूमा ओबामासँगै मिसेल नदेखिएपछि दुईबीच सम्बन्धविच्छेद हुने आशंका गरिएको थियो । पछिल्ला समय हरेकजसो महत्वपूर्ण कार्यक्रमहरुमा बराक ओबामा एक्लै उपस्थिति हुने गरेका थिए ।

तर, अब मिसेलले यो सबै उनको व्यक्तिगत प्राथमिकताको हिस्सा भएको प्रष्टोक्ति दिएकी छिन् । उनले आफ्नो वैवाहिक जीवनमा कुनै समस्या नभएको स्पष्ट पारेकी छिन् । सोफिया बुशको पोडकास्ट ‘वर्क इन प्रोग्रेस’ मा बोल्दै मिसेलले आफ््ना लागि समय निकाल्न आफू जानाजानी केही घटनाहरूबाट टाढा रहेको बताएकी छिन् ।

मिसेलले अब आफू परिपक्व महिला भइसकेको र आफ्नो लागि निर्णय लिन सक्षम रहेको बताएकी छिन् ।

‘अब ह्वाइट हाउसको जिम्मेवारी सकिएको छ र हाम्रा छोरीहरू हुर्किसकेका छन्, म के गर्न चाहन्छु भन्नेबारे निर्णय गर्ने समय अझै छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ४३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी