अमेरिका बसेको दर्ता प्रमाण छैन ? देश निकाला वा जेल सजाय दुवै हुनसक्छ | Khabarhub Khabarhub

अमेरिका बसेको दर्ता प्रमाण छैन ? देश निकाला वा जेल सजाय दुवै हुनसक्छ


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– अमेरिकी सङ्घीय सरकारको एलियन दर्ता ऐनअन्तर्गत विदेशी नागरिकले बसाइ दर्ता गर्नुपर्ने नियम लागु भएको छ । यो नियमअन्तर्गत अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले सङ्घीय सरकारलाई जानकारी गराउनु पर्नेछ ।

एलियन दर्ता ऐनअन्तर्गत दर्ता नभएको खण्डमा विदेशी नागरिकलाई डिपोर्ट गर्ने वा जेल सजाय नै हुनसक्ने प्रावधान लागु भएको छ ।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेबेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको जानकारी दिइन् । उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने छ ।

‘‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नु हुने छैन।’ क्यारोलाइनले भनेकी छन् ।

उनका अनुसार अमेरिकी गृह सुरक्षा विभागले गत अप्रिल ११ मा प्रेस विज्ञप्ति जारी गर्दै सबै विदेशी नागरिकलाई यस ऐनअन्तर्गत दर्ता गर्न आदेश दिइएको छ ।

जसअनुसार प्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ बाट तुरुन्तै दर्ता गर्न भनिएको छ भने अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ३० बजे

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।