ओमानमा अमेरिकी र इरानी प्रतिनिधिको आणविक सहमतिका लागि वार्ता « Khabarhub

ओमानमा अमेरिकी र इरानी प्रतिनिधिको आणविक सहमतिका लागि वार्ता


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानमा अमेरिकी र इरानी अधिकारीबीच आणविक कार्यक्रमको विषयमा छलफल भएको छ। सन् २०१८ यता यी दुई देशबीच वार्ता भएको यो पहिलो पटक हो। दुवै देशले वार्ता सकारात्मक भएको बताउँदै अर्को साता दोस्रो वार्ता गर्ने जनाएका छन्।

यस अघि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा आणविक सम्झौताबाट बाहिर आउने निर्णय गरेका थिए। दुई घण्टा ३० मिनेट लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सो वार्ता सकारात्मक भएको बताइएको हो।

सुरुवाती चरणका अप्रत्यक्ष वार्ताको वातावरण बनाउनका लागि ओमानले मुख्य भूमिका निर्वाह गरेको थियो। वार्तामा इरानको नेतृत्व विदेशमन्त्री अबास अराग्चीेले यसलाई सकारात्मक रूपमा लिएको बताए।

अमेरिकी नेतृत्वमा गरेका ट्रम्पका विशेष दूत स्टिभ विटकोफले वार्ता सफल नभए गम्भीर दुर्घटना निम्तन सक्ने चेतावनी दिए।

दुई टोली भिन्न कोठामा बसेर वार्ता भएको थियो । ओमानका विदेशमन्त्री बाद्र बिन हमाद अल बुसाउदीले सन्देश आदानप्रदान गरेका थिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : १६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका