अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने « Khabarhub

अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ कर नीतिको दायरबाट स्मार्ट फोन र कम्प्युटरलाई बाहिर राखेको छ। योसहित केही इलेक्ट्रोनिक्स डिभाइसमा ‘ट्यारिफ’ नलाग्ने भएको छ।

चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाउने निर्णय भइसके पनि पछिल्लो निर्णयले यो समेत प्रभावित भएको छ।

अमेरिकी कस्टम एन्ड बोर्डर पेट्रोलले शुक्रबार राति सूचना निकाल्दै धेरै सामानमा विश्वव्यापी रूपमा नै लगाइएको १० प्रतिशत कर नलाग्ने जनाएको हो। साथमा चीनमा लगाइएको अत्यधिक करको निर्णय पनि लागु नहुने जनाएको छ।

धेरै अमेरिकी ग्याजेट कम्पनीले आफ्ना उत्पादनको मूल्यले आकाश नै छुने चिन्ता व्यक्त गरेपछि प्रशासन यो निर्णय गर्न बाध्य भएको हो। यी मध्य धेरै जसो चीनमा नै बन्ने गरेका छन्।

एक व्यापार विश्लेषकले यो गेम चेन्जर निर्णय भएको बताए। ५ अप्रिलकै अवस्थामा फर्काउने यो निर्णयमा सेमी कन्डक्टर, सोलार सेल र मेमोरी कार्ड लगायत डिभाइस सामेल हुने छन्।

वेड बस्क सेक्यरिटिज अन्तरगतको प्राविधिक अनुसन्धानका विश्वव्यापी प्रमुख डान इभासले सामाजिक सञ्जालमा लेख्दै एपल निभिडिया र माइक्रोसफ्ट जस्ता कम्पनीले राहतको सास फेर्न पाएको बताए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ५८ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर