आमाको किरियामा बसेका छोराको निधन | Khabarhub Khabarhub

आमाको किरियामा बसेका छोराको निधन


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

झापा – आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ। झापाको दमक नगरपालिका-८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो।

गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो। मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।

हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्‍याइएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पारिवारिक संवेदनशीलताका कारण उनको निधनको खबर तत्काल सार्वजनिक गरिएको थिएन।

मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए। उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन्। उनले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई मुक्ति घाटमा गरिएको जानकारी दिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ९ : ०५ बजे

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत