आमाको किरियामा बसेका छोराको निधन « Khabarhub

आमाको किरियामा बसेका छोराको निधन


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

झापा – आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ। झापाको दमक नगरपालिका-८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो।

गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो। मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।

हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्‍याइएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पारिवारिक संवेदनशीलताका कारण उनको निधनको खबर तत्काल सार्वजनिक गरिएको थिएन।

मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए। उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन्। उनले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई मुक्ति घाटमा गरिएको जानकारी दिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ९ : ०५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका