डढेलोले म्याग्दीका एक सय हेक्टर वन नष्ट « Khabarhub

डढेलोले म्याग्दीका एक सय हेक्टर वन नष्ट


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए ।

उनका अनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ ।

‘विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ’, अधिकारीले भने, ‘शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।’ घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभाबी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उनको भनाइ छ ।

गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गरे । उनका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । 

अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिए । उनका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन् । 

वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यक पर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : २२ बजे

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका