प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास « Khabarhub

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताए ।

उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए  । 

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे ।

दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ रुपैयाँको लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित थिए  ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १ : ३१ बजे

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका