इजरायली सेनाद्वारा गाजाको अस्पतालमा आक्रमण | Khabarhub Khabarhub

इजरायली सेनाद्वारा गाजाको अस्पतालमा आक्रमण


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गाजा– आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।

क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । 

भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो ।

नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।

अस्पतालमा कार्यरत एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गरेका छन् । 

काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीको दक्षिणी भागमा रहेको राफा र खान युनिस शहरको बीचमा रहेको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको पनि बताए । 

इजरायली सेनाले खान युनिस र आसपासका क्षेत्र खाली गर्न पनि आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘इजरायली सेनाले गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमणको तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ ।’

दुई महिनाको युद्ध विरामपछि मार्च १८ मा इजरायलले हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायलले गाजाको ठूलो भूभाग कब्जा गरेको छ, जसले गर्दा लाखौँ मानिस विस्थापित भएका छन् ।
 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ३२ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार