इजरायली सेनाद्वारा गाजाको अस्पतालमा आक्रमण « Khabarhub

इजरायली सेनाद्वारा गाजाको अस्पतालमा आक्रमण


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गाजा– आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।

क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । 

भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ । हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो ।

नागरिक आपत्कालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।

अस्पतालमा कार्यरत एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गरेका छन् । 

काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीको दक्षिणी भागमा रहेको राफा र खान युनिस शहरको बीचमा रहेको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको पनि बताए । 

इजरायली सेनाले खान युनिस र आसपासका क्षेत्र खाली गर्न पनि आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘इजरायली सेनाले गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमणको तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ ।’

दुई महिनाको युद्ध विरामपछि मार्च १८ मा इजरायलले हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायलले गाजाको ठूलो भूभाग कब्जा गरेको छ, जसले गर्दा लाखौँ मानिस विस्थापित भएका छन् ।
 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ३२ बजे

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका