युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु | Khabarhub Khabarhub

युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी आक्रमणका कारण ३४ जना मारिनुका साथै ११७ जना घाइते भएको युक्रेनी अधिकारीले जानकारी दिएका छन्। सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट बिलास्टिक मिसाइल प्रहार गरिएको जनाइएको छ।

घटनाका कम्तीमा दुई बालबालिकाको ज्यान गएको तथा १५ जना बलाबालिका घाइते भएका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यस वर्ष जन्मिएका बालिका समेत घाइते भएको बताएका छन्। रुसले यस घटनाका बारे कुनै जानकारी दिएको छैन। युक्रेनले भने विश्वविद्यालयका २० वटा भवन ध्वस्त भएको जनाएको छ।

जेलेन्स्कीले रुस सधैँ युद्धको पक्षमा रहेको तथा कहिले पनि शान्ति नचाहने देश भएको आरोप लगाए। विश्वविद्यालयको कांग्रेस भवनमा बालबालिकाको तामिल तथा कक्षा सञ्चालन हुने गरेको थियो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : २१ बजे

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता