काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८२ सालको अवसरमा गृहमन्त्री लेखकले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा व्यवस्थालाई अझै सुदृढ बनाउँदै लैजानुपर्ने उल्लेख गरेका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता हो भनेका छन् ।
नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उनले एक अर्काप्रति सहिष्णु हुँदै सबैले एक अर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मन गर्दै मिलेर देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया