गाडी दुर्घटनामा बागलुङको तमानखोला गाउँपालिकाका ११ कर्मचारी घाइते | Khabarhub Khabarhub

गाडी दुर्घटनामा बागलुङको तमानखोला गाउँपालिकाका ११ कर्मचारी घाइते


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग१ ५७०५ नम्बरको पिकअप जिप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएका छन् ।

घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक साहयक नवीन मल्लको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ । गम्भीर दुवै जनालाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : ३३ बजे

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध

काठमाडौं – सरकारले शिक्षकका माग सम्बोधन गर्न तयार रहेको स्पष्ट

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट

काठमाडौं – पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय