सिक्किममा हुने उसु प्रो नाइट्स फाइटमा नेपालले सहभागिता जनाउने « Khabarhub

सिक्किममा हुने उसु प्रो नाइट्स फाइटमा नेपालले सहभागिता जनाउने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली वैशाख २ गते भारतको सिक्किमस्थित ग्यान्टोक प्रस्थान गर्ने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । उनले खेलाडीलाई पदक जितेर आउन शुभकामना दिँदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रूपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ४८ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका