सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार, दुई सय बढी आरोहीले लिए अनुमति « Khabarhub

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार, दुई सय बढी आरोहीले लिए अनुमति


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एक सय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

   विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् । 

नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । 

सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीन सय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन् ।

आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ । असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रशंसा व्यक्त गरेको छ । 

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ ।

    पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउनेअर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपीडिसन कम्पनीलाई दिएको छ । 

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।
 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : ५३ बजे

विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी

काठमाडौं- आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान

मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम