आठ करोड बराबरको किताब बिक्री « Khabarhub

आठ करोड बराबरको किताब बिक्री


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै पाठ्यपुस्तक आएकाले बिक्री वितरण सुरु गरिएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए ।

शैक्षिक वर्ष २०८२ का लागि २५ करोड रुपैयाँ बराबरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य केन्द्रको थियो । हाल नौ लाख १३ हजार नौ सय ७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ ।

विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको प्रमुख खनालले जानकारी दिए । कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिराहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ ।

विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो । यसअघि सो कार्यालयले गत वर्ष २३ करोड ३० लाख रुपैयाँ बराबरको किताब बिक्री गरेको थियो । कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा रु २६ करोड बराबरको किताब बिक्री गरेको थियो ।

प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने सङ्घीय सरकारको नीति रहेको छ । तोकिएका बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ५६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल