ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड « Khabarhub

ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्न – आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय फन्ड बन्द गरेका छन्।

अमेरिकी शिक्षा विभागले विज्ञप्ति जारी गर्दै आफ्नो देशको प्रबुद्ध शैक्षिक निकाय तथा विश्वविद्यालयको सोच्ने शैलीमा नै परिवर्तन आउने ठहर हार्वर्डको अभिव्यक्तिले पुष्टि भएको जनाएको छ।

भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तन लगायत माग राख्दै स्वास्थ्य मन्त्रालयले गत साता विश्व विद्यालयलाई पत्र लेखेको थियो।

विश्वविद्यालयले मंगलबार राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै सो मागलाई अस्वीकार गरेको थियो।

ट्रम्प प्रशासनको दबाबमा परेर आफ्नो नीति परिवर्तन नगर्ने यो अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ। सोमबार विश्वविद्यालयका अध्यक्ष एलन गार्वर आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

ह्वाइट हाउसले लेखेको पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने जनाएको थियो। अमेरिकामा ट्रम्प दोस्रो कार्यकालमा ह्वाइट हाउस प्रवेश गरेपछि उनले विश्वविद्यालयमा पनि ‘डाइभर्सिटी ’का योजना खारेज गर्न दबाब दिइरहेका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०९ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग