शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल « Khabarhub

शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् ।

विगत १३ दिनदेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूका समस्या समाधानका लागि महामन्त्रीद्वयले आन्दोलनरत शिक्षक अगुवाहरूसँग सोमबार साँझ छलफल गरेका हुन् ।

महामन्त्री थापाको सचिवालयका अनुसार शिक्षकहरूको मागका विषयमा पहलकदमी लिने गरी छलफल भएको छ । छलफलका क्रममा महामन्त्रीद्वयले शिक्षकका मागप्रति नेपाली कांग्रेस सकारात्मक रहेको भन्दै समस्या समाधानका लागि पहल गर्ने बताए ।

यो पनि…
कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

नेपाल शिक्षक महासंघको नेतृत्वमा यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माग पूरा नभएसम्म कुनै पनि किसिमका शैक्षिक गतिविधिमा सामेल नहुने घोषणा गरिसकेका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण विद्यालय विद्यार्थी भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ०२ बजे

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा