एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस् | Khabarhub Khabarhub

एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सामुदायिक विद्यालयहरूका शिक्षकको समस्या समाधानका लागि पार्टीले निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएको दुई साता पुगिसक्दा पनि सरकारले माग सम्बोधन नगरेपछि उनले अब कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।  

‘सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन,’ नेता साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् । 

शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठूलो भूल हुने भन्दै उनले आन्दोलन जति–जति लम्बिँदै जान्छ, त्यति–त्यति शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने नेता साउदको भनाइ छ ।   

‘शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषयहरू सम्बोधन गरी समस्याको समाधान गरिनु पर्दछ,’ साउदको भनाइ छ, ‘हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ ।’ 

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका शिक्षकहरू चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । १४ दिन बितिसक्दा पनि उक्त आन्दोलनको सम्बोधन गर्न तर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक रहेको साउदको भनाइ छ। 

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हडताल घोषणा गरी एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदम चाल्दा ठूलो क्षति हुने विषयलाई गम्भीरतापूर्वक लिएर अविलम्ब निकास दिनु सरकारको जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ५३ बजे

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी