सीको भियतनाम भ्रमणले अमेरिकालाई बिगार्ने लक्ष्य राखेको छ : ट्रम्प « Khabarhub

सीको भियतनाम भ्रमणले अमेरिकालाई बिगार्ने लक्ष्य राखेको छ : ट्रम्प


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

हनोई– चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जली अर्पण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताएका छन् ।

मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा छन्। ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ । 

बेइजिङको सरकारी मिडियाका अनुसार चिनियाँ राष्ट्रपति सीले सोमबार आफ्नो देश र भियतनामलाई ‘एकपक्षीय धम्कीको विरोध गर्न र विश्वव्यापी स्वतन्त्र व्यापार प्रणालीको स्थिरतालाई कायम राख्न’ आह्वान गरे।

केही घण्टापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई उनीहरूको बैठक संयुक्त राज्यलाई चोट पुर्‍याउने उद्देश्यले थियो भने।

‘म चीनलाई दोष दिन्नँ । म भियतनामलाई दोष दिन्नँ । म दिन्नँ । मैले देखेँ कि उनीहरू आज भेट्दैछन्, र त्यो अद्भूत छ’, उनले भने, ‘त्यो एक सुन्दर बैठक हो। हामीले संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।’

चीन र भियतनामले सोमबार आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता (एआई), संयुक्त समुद्री गस्ती र रेलमार्ग विकास सहित ४५ सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सीले सोमबार भियतनामका शीर्ष नेता तो लामसँगको बैठकमा उहाँहरूको देशहरू ‘इतिहासको निर्णायक विन्दुमा उभिएका छन् र संयुक्त हातहरू अगाडि बढ्नुपर्छ’ भने।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : १३ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.