निलम्बनको चार महिनापछि बिन्दाले भेटिन् एमाले अध्यक्ष ओलीलाई « Khabarhub

निलम्बनको चार महिनापछि बिन्दाले भेटिन् एमाले अध्यक्ष ओलीलाई


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुस १० गते बसेको नेकपा एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्यबाट निलम्बन गरिएकी नेतृ बिन्दा पाण्डेले अधयक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र पाण्डेबीच करिब ४ महिनापछि संवाद भएको हो । भेटवार्तामा पाण्डे र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम र निलम्बनबारे कुराकानी भएको स्रोतले बताएको छ।

स्रोतका अनुसार ओलीले पाण्डेलाई पार्टीविरुद्ध जथाभावी नबोल्न र पार्टीलाई अप्ठ्यारो हुने काम नगर्न भनेका थिए ।

यता पाण्डेले पार्टीको गलत कामविरुद्ध आफूहरूले बोलेको बताएकी थिइन् । उनले आफू सचेत नागरिक भएकाले गलत काम नगर्न पार्टीलाई आग्रह गरेको उनले बताइन् ।

‘पार्टीको निर्णयविरुद्ध जथाभावी पोखिएको राम्रो हुँदैन । यसले विपक्षी दल र पार्टीलाई हौसला मिल्छ । तपाईंहरू जतिको मान्छेले यो कुरा बुझ्नुपर्यो’, ओलीले पाण्डेलाई भने, ‘युवामा जोश जाँगर हुन्छ । तर कतिपय विषयमा सम्यमता अपनाएर कुराकानी गर्नुपर्ने हुन्छ।’

पाण्डे र ओलीबीचको भेटवार्ताबारे जानकारी दिँदै एमालेका एक नेताले भने, ‘ओलीले बोलेपछि पाण्डेले पनि आफूले गलत कामविरुद्ध बोलेको बताउँदै पार्टीविरुद्ध नलागेको जवाफ दिनु भएछ ।’

यस्तै पाण्डेले ओलीलाई अहिलेसम्म आफूहरूलाई निलम्बनको पत्र नआएको विषयमा पनि जानकारी गराएकी थिइन्।

त्यसपछि ओलीले निलम्बनको पत्र नआएको भए निलम्बनमै नपरेको जवाफ दिएका छन् ।

‘पाण्डेले आफूहरूकहाँ निलम्बनको पत्र आइनपुगेको बताउनुभएछ । त्यसपछि अध्यक्ष ओलीले पत्र नआएको भए त निलम्बनमै नभएको भन्ने जवाफ दिनु भएछ’, ती नेताले भने, ‘अध्यक्षले पाण्डेलाई पार्टी काममा निरन्तर लाग्न पनि भन्नुभएको छ ।’

पाण्डे र ओलीबीच मंगलबार दिउँसो २ बजेपछि करिब १ घण्टा कुराकानी भएको हो ।

यसैबीच पाण्डेले आफूद्वारा लिखित किताब ओलीलाई उपहार दिएकी छन्। पाण्डेले ओलीलाई त्यही किताब उपहार दिन बालुवाटार पुगेकी हुन् । पाण्डेले हालै ‘भुइँमान्छे’ पुस्तक प्रकाशन गरेकी छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५५ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर