एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश | Khabarhub Khabarhub

एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – गएको महिना भुल बस एल साल्भाडोरमा लगिएका मेरिल्यान्डका बासिन्दालाई फिर्ता गर्न गरिएको पहलको प्रमाण पेस गर्न सङ्घीय अदालतले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ।

एल साल्भाडोरका २९ वर्षीय किलमार अल्ब्रेगो गार्सियालाई फिर्ता बोलाउन न्यायाधीश पाउला निसले दुई साताको समय दिएकी हुन्।

सरकारले सही ढङ्गले काम गरेको या नगरेको भन्ने विषयमा ध्यान दिने उनले बताइन्। गत साता अदालतले उनलाई फिर्ता बोलाउन आदेश दिएको थियो। आइतबार मात्र अमेरिका भ्रमणमा रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता पठाउन असमर्थ रहेको बताएका थिए।

कानुन मन्त्रालयका अधिवक्ता ड्रिउ एन्गस्टनले भने गार्सिया आफै पोर्टमा आएर कुरा राखेमा आफूहरूले पहल गर्ने बताएका छन्।

एक दिन अघि गृह मन्त्रालयका जेसेफ मजाराले गार्सिया प्रवेशद्वारको अमेरिकी पोर्टमा उपस्थित भएमा उनलाई गिरफ्तार गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३० बजे

भारतको बैगलोरमा चोरी : ३५ बढी नेपालीलाई प्रहरीले गर्‍यो पक्राउ

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका

रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौंमा

काठमाडौं– मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर