चाडपर्वमा मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स) « Khabarhub

चाडपर्वमा मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स)


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैं, तिहार र छठ पर्व हाम्रो सम्मुखमा छन् । यो बेला बजारमा अत्याधिक मासु खपत हुन्छ । दशैंमा हरेकका घर–घरमा खसी बोका काट्ने चलन पनि छ । यो समयमा सवैका घर–घरमा मासु प्रशस्त हुने भएकाले सबै मासु तत्काल सकिने अवस्था रहँदैन । मासु बासी राख्दा कुहिने सम्भावना अधिक रहन्छ ।

यस्तो अवस्थामा राम्ररी नपाकेको, बासी तथा अस्वस्थ मासु खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । मानिसहरु बिरामी पर्ने खतरा पनि अधिक रहन्छ । मासुमा जीवाणु तथा विषाणु संक्रमण छिटो हुन्छ र कुहिन सक्छ ।

स्वस्थ्य पशु, सफा वधस्थल, वध गर्ने व्यक्तिको सरसफाइ, सफा पानी तथा सफा औजार सामग्री हुनु जरुरी रहन्छ ।
अस्वस्थ मासुको सेवनले एनथ्राक्स, क्षय रोग, ब्रुसेलोसिस, सालमोनेलोसिस, लिस्ट्रयोसिस, ट्राइकोनोसिस, टीनीएसीस, नाम्ले रोगलगायतका रोगहरुमा मानिसमा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ ।

क्ल्सस्टिडियम, बोटुलिनम, ढुसीमा पेनिसिलियम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरिया, स्पोरोट्राइकम, थामनिडियम मिसिएर मासु दुषित बन्छ । यस्तो मासु स्वास्थ्यका लागि विषाक्त हुन्छ । यसको प्रयोग गर्दा झाडा पखाला लाग्न सक्छ । यी किटाणुले पहिले मानिसको पेट, आन्द्रा आदिमा आक्रमण गर्छन् ।

बिग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको सट्टा फिक्का वा कालो निलो हुने, ग्याँस उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ ।

अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगारेमा मासु कुहिएर दुर्गन्धित हुन्छ र अमिलो हुन्छ यसले स्वास्थ्यमा असर पुर्‍याउँछ ।

मासुको उचित सञ्चय कसरी गर्ने ? यस विषयमा सवैलाई जानकारी नहुन सक्छ । यहाँ मासु कसरी सञ्चय गर्ने भन्ने विषयमा केही टिप्स प्रस्तुत गरिएका छन्–

मासु सञ्चय गर्दा शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसले मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ । यसले मासुको गुणस्तर बिर्गान सक्ने सबै खाले विषाणु, जीवाणु तथा ढुसीबाट हुने प्रदूषण र संक्रमणलाई रोक्छ ।

१ चिस्याउने
२ पकाउने
३ जल विग्रहीकरण
४ रसायनको प्रयोग
५ अम्ल्याउने तथा
६ विकिरण गर्ने गर्नुपर्छ ।

राँगाको मासु १२ महिना, बंगुरबदेलको मासु, ६ महिना खसी, बोका, भेडा च्यांग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताएर सुरक्षित गर्न सकिन्छ । यो तापक्रममा सबै जीवाणु र विषाणु नष्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्ने हुन्छ ।

मासुलाई २५० डिग्री फरेनहाइट तापमा पकायो भने सबैखाले जीवाणु/विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई जलविग्रहीकरण गरी सुकुटी बनाएर सुरक्षित राख्न सकिन्छ ।

परम्परागत मरमसला प्रयोग गरेर, अम्लीकरण गरेर, डिप फ्रिज वा फ्रिजमा राखेर, पकाएको मासु राम्रोसँग छोपेर फ्रिजमा राख्नु राम्रो हुन्छ । यसो गरेमा चाडबाडका बेला खाएको मासुबाट स्वास्थ्यमा कम असर पर्ने हुन सक्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : १६ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको