प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण « Khabarhub

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझाव पत्र हस्तान्तरण गरेका हुन् । 

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यस बेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझाव पत्र दिएको महासचिव पोखरेलले अवगत गराए । 

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे । 

प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ४१ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको