भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर « Khabarhub

भुल बस एल साल्भाडोर पुगेका गार्सिया फिर्ता नहुने अमेरिकी अधिकारीको ठहर


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अधिकारीले भुल बस एल साल्भाडोर लगिएका मेरिल्यान्डका बासिन्दा अब फिर्ता नहुने बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले एल साल्भाडोरका किलमार अलम्रेगो गार्सिया एम एस-१३ ग्याङको सदस्य समेत रहेको आरोप लगाएकी छिन्।

२९ वर्षीय उनीमाथि घरेलु हिंसाको आरोप लाग्नुका साथै श्रीमतीलाई चक्कु देखाएको कारण मुद्दा दायरसमेत भएको जनाइएको छ।

मेरिल्यान्डका न्यायाधीशले गार्सियालाई अमेरिका फिर्ता बोलाउने आदेश दिए पनि ह्वाइट हाउस भ्रमणमै रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता गर्ने अधिकार आफूलाई नभएको बताएका थिए।

लेभिटले केही गरी गार्सिया अमेरिका आए पनि तत्कालै डिपोर्ट गरिने बताएकी छिन्। यसैगरी गृह प्रशासनले सन् २०२१ मा उनकी श्रीमतीले दर्ता गरेको उजुरी बाहिर ल्याएको छ।

उनकी श्रीमती जेनिफर भास्क्यु सुअराले भने उनीहरूको पारिवारिक विषयमा मिलापत्र भइसकेको बताएकी छिन्। १५ मार्चमा डिपोर्ट हुनेअघि गार्सिया मेरिल्यान्डमा बसोबास गरी रहेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ४३ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः