युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित « Khabarhub

युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इजरायल – १८ मार्चका दिन हमास र इजरायलको बीचमा युद्ध विराम भङ्ग भएपछि गाजाबाट ५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानदेखिको आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको छ।

गाजामा अति आवश्यक राहत सामग्री पुगी रहेको छैन। इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासलाई दबाब दिने उद्देश्यले त्यहाँ सबै बन्द भएको बताउँछन्। गाजामा अहिलेसम्म ६१ हजार ७ सय जनाको ज्यान गइसकेको जनाइएको छ।

यसै साता राहत वितरण कार्यमा अवरोध अझ बढेको राष्ट्र संघले जनाइएको छ। पछिल्ला तीन दिनमा राहत वितरण गर्न गएका चार सवारी साधनमा आक्रमण भएको जनाइएको छ।

युनिस खान र डेयर अल बलाहमा सर्वसाधारणको बसोबासमा रहेको स्थानमा नै लक्षित गरेर लगातार आक्रमण भएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : १२ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग