मोरङको सुन्दरहरैंचामा बिजुली गएको मौकामा ट्रान्सफर्मर नै चोरियो | Khabarhub Khabarhub

मोरङको सुन्दरहरैंचामा बिजुली गएको मौकामा ट्रान्सफर्मर नै चोरियो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका–२ जोगियारेमा बिजुलीको एउटा ट्रान्सफर्मर नै चोरिएको छ ।

बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेको वडाध्यक्ष विवश प्रधानले खबरहबलाई बताए ।

उनका अनुसार बिजुली गएका बेला बुधबार रातको समयमा अज्ञात समूहले ट्रान्सफर्मर खोलेर त्यसमा रहेको तामाको क्वाइलसहितका सामान चोरेर लगेका छन् ।

चोरीका कारण त्यस क्षेत्रका केही टोलमा विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीयवासी त्रसित छन् ।

वडाध्यक्ष प्रधानले ट्रान्सफर्मर चोरिएपछि प्रहरीलाई खबर गरिएको बताए । उनका अनुसार प्रहरीले अनुसन्धान तीव्र पारे पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : १३ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी