कप्तान हार्दिक पाण्डेको विष्फोटक पारीले मुम्बईको लगातार दोस्रो जित | Khabarhub Khabarhub

कप्तान हार्दिक पाण्डेको विष्फोटक पारीले मुम्बईको लगातार दोस्रो जित


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हरायो।

सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो। मुम्बई ले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे। तिलक बर्मा २१ रनमा अविजित रहे।

मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो। पाण्डेले ९ बलमा २१ रन जोडे। उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो। हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।

यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो।
उसका लागि अभिषेक शर्माले ४० रन बनाए। २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए।

मुम्बईका विल ज्याक्सले दुई तथा जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेले एक एक विकेट लिए। जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ। हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५४ बजे

मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम– पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि

नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि

भारतबाट सात किशोरीको उद्धार

झापा–  वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती