निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति « Khabarhub

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

क्यानडा – अमेरिकाले लगाएको करको विषयमा क्यानडाका शीर्ष नेताले छलफल गरेका छन्। २८ अप्रिलमा हुने निर्वाचन अघि क्यानडाका नेताहरू बहसमा उत्रिएका हुन्।

लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी, कन्जरभेटिभका नेता पियरे ओलिभियरे, एनडिपी नेता जगमित सिंह तथा ब्लक क्युबेसियसका नेता युभेस फ्रान्सेस ब्लान्चेट एक आपसमा बहस गरिरहेका छन्।

बहसको केन्द्र बिन्दु अमेरिकी अर्थतन्त्र र क्यानडा–अमेरिका सम्बन्धको विषय बनेको छ। यसमा नेताहरूको अनुभव बहसको मुख्य विषय हो। साथमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ‘ट्यारिफ’ पछि उद्योगको सुरक्षामा तथा जलवायु परिवर्तन बहसको मुख्य विषय बनेका छन्। साथमा हाउजिङ र रियल स्टेटका चुनौती पनि बहसको मुख्य विषय बनेको छ।

अब हुने निर्वाचनमा कन्जरभेटिभका नेता पियरले कार्नीका मुख्य प्रतिस्पर्धीको रूपमा चिनिएका छन्। दुई दशकदेखि राजनीतिमा रहेका उनी २५ वर्षको उमेरमा सांसद भएका थिए। तत्कालीन समयमा उनी क्यानडाको सबै भन्दा कान्छो सांसदको रूपमा कीर्तिमान राख्न सफल भएका थिए।

कार्नीका अर्का प्रतिस्पर्धी जगमित सिंहले भने सन् २०१७ मा एनडिपी नेतृत्व गर्ने अवसर पाएका थिए। वामपन्थी झुकाव राख्ने उनी मजदुर र श्रम सुरक्षाको विषयमा आफूलाई केन्द्रित गर्छन्।

पहिलो पटक क्यानडाको सर्वेक्षणमा लिबरल पार्टी अघि देखिएको छ। यो समयमा कार्नीको बहस अझ बढी महत्त्वपूर्ण हुन सक्ने छ। पछिल्लो सर्वेक्षणले लिबरलले कन्जरभेटिभलाई दुई प्रतिशतले पछि छाडेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ५१ बजे

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा