निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति « Khabarhub

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

क्यानडा – अमेरिकाले लगाएको करको विषयमा क्यानडाका शीर्ष नेताले छलफल गरेका छन्। २८ अप्रिलमा हुने निर्वाचन अघि क्यानडाका नेताहरू बहसमा उत्रिएका हुन्।

लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी, कन्जरभेटिभका नेता पियरे ओलिभियरे, एनडिपी नेता जगमित सिंह तथा ब्लक क्युबेसियसका नेता युभेस फ्रान्सेस ब्लान्चेट एक आपसमा बहस गरिरहेका छन्।

बहसको केन्द्र बिन्दु अमेरिकी अर्थतन्त्र र क्यानडा–अमेरिका सम्बन्धको विषय बनेको छ। यसमा नेताहरूको अनुभव बहसको मुख्य विषय हो। साथमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ‘ट्यारिफ’ पछि उद्योगको सुरक्षामा तथा जलवायु परिवर्तन बहसको मुख्य विषय बनेका छन्। साथमा हाउजिङ र रियल स्टेटका चुनौती पनि बहसको मुख्य विषय बनेको छ।

अब हुने निर्वाचनमा कन्जरभेटिभका नेता पियरले कार्नीका मुख्य प्रतिस्पर्धीको रूपमा चिनिएका छन्। दुई दशकदेखि राजनीतिमा रहेका उनी २५ वर्षको उमेरमा सांसद भएका थिए। तत्कालीन समयमा उनी क्यानडाको सबै भन्दा कान्छो सांसदको रूपमा कीर्तिमान राख्न सफल भएका थिए।

कार्नीका अर्का प्रतिस्पर्धी जगमित सिंहले भने सन् २०१७ मा एनडिपी नेतृत्व गर्ने अवसर पाएका थिए। वामपन्थी झुकाव राख्ने उनी मजदुर र श्रम सुरक्षाको विषयमा आफूलाई केन्द्रित गर्छन्।

पहिलो पटक क्यानडाको सर्वेक्षणमा लिबरल पार्टी अघि देखिएको छ। यो समयमा कार्नीको बहस अझ बढी महत्त्वपूर्ण हुन सक्ने छ। पछिल्लो सर्वेक्षणले लिबरलले कन्जरभेटिभलाई दुई प्रतिशतले पछि छाडेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै