विप्लव समूहको ‘गोप्य कार्यालय’बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद « Khabarhub

विप्लव समूहको ‘गोप्य कार्यालय’बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– सरकारको प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार राति बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठामा छापा मारेको थियो । विप्लव समूहका कार्यकर्ता रहेका भनिएका सारुको कोठाबाट उक्त समूहले गोप्य कार्यालय सञ्चालन गर्दै आएको सूचनामा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले सारुको कोठाबाट कटुवा पेस्तोल २ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड, चन्द संकलनसँग सम्बन्धित कागजात, विभिन्न माइन्यूट बूक, डायरीसहितका दस्तावेज फेला परेका जनाएको छ ।

प्रहरीले सारुको कोठामा छापा मार्ने क्रममा ३ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा छापा मारिएको कोठामा डेरा गरी बस्ने मकवानपुरको भीमफेदी घर भएका २६ वर्षी अनुल सारु मगर, बिर्तामोड–४ मेघावारी चोक बस्ने ४४ वर्षीय टिका पोखरेल र इलामको माङमेवुङ घर भएका ३४ वर्षीय प्रविन मिश्र छन् ।

गत भदौ २२ गते राति विर्तामोड नगरपालिका–२ चारपानेमा भएको विस्फोटको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी विप्लव समूहको गोप्य कार्यालयसम्म पुगेको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले विप्लव समूहको ‘गोप्य कार्यालय’मा छापा मारेको थियो ।

प्रहरी टोलीले बिर्तामोडमा भएको बम विस्फोटमा संलग्न भनिएका टिका पोखरेल र प्रविन मिश्रलाई बिर्तामोड नगरपालिका–४ बाट पक्राउ गरेको थियो ।

उनीहरुकै बयानको आधारमा बिर्तामोडस्थित गोप्य कार्यालयबारे सूचना मिलेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ३४ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन