पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने « Khabarhub

पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मिक्लाजुङ– खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको ब्याडमिन्टन हलमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

आयोजक जिल्ला खेलकुद विकास समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यस प्रतियोगितातर्फ मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधाका लागि ५८ खेलाडी सहभागी हुने समितिका सचिव दुश्यन्त बस्नेतले जानकारी दिए ।

भेट्रान्स प्रतियोगिताको हरेक विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । 

प्रदेश खेलकुद विकास बोर्डको संयोजन र फिदिम नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूको समन्वयमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सफल पार्न १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ३५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको