प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो « Khabarhub

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरेर अन्य पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।

थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए ।

थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो । उनकै कार्यकालमा जिनर्वाचन सम्बन्धी एकीकृत कानून बनाउने प्रयास आयोगले गरे पनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिँदा थपलिया त्यसमा भने सफल हुन सकेनन् । साथै राजनीतिक दलसम्बन्धी कानून संशोधनको प्रयास पनि अधुरै रह्यो ।

तर, थपलियाको नेतृत्वमा निर्वाचन आयोगले देखिने गरी भूमिका खेलेको भन्दै उनको प्रशंसा हुने गरेको छ । कतिपयले उनलाई नेकपा एमाले निकट रहेको आरोप लगाउने गरे पनि एकीकृत समाजवादी पार्टी फुटाउने र अध्यादेश ल्याउने लगायतका एमालेका प्रयासहरुलाई थपलियाले साथ दिएनन् ।

यो पनि-
प्रमुख निर्वाचन आयुक्तको व्यंग्य- दल फुटाउने अध्यादेश ल्याए हुन्छ !

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ०४ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह