नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब « Khabarhub

नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ को आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाल एक खेलले टाढा छ। आज काठमाडौंको मुलपानी मैदानमा अफगानिस्तानसँग नेपाली युवा टोलीले निर्णायक भिडन्त गर्दैछ। यो एक खेल जिते नेपालले २०२६ मा आईसीसी विश्वकप क्रिकेट खेल्नेछ।

नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक बनाएका छन्। यी दुई टोलीको भिडन्तको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छन्।

मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका हुन्। प्रतियोगितामा सहभागी हङकङ, ओमान र युएई अंकविहीन छन् ।

लगातार तीन खेलमा विजयी भएका दुवै देश उच्च मनोबलका साथ निर्णायक भिडन्तका लागि शनिबार मैदानमा हुनेछन्। यसअघि नेपालले ओमानलाई आठ विकेटले, यूएईलाई डिएल पद्धतिमा पाँच रनले हराउँदा हङकङमाथि नौ विकेटको सानदार जित निकालेको थियो।

त्यसैगरी निर्णायक भिडन्तमा आइपुगेको अफगानिस्तानले पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठआठ विकेटले हराउँदा तेस्रो खेलमा यूएईविरुद्ध डिएलपद्धतिमा १८० रनको जित निकालेको छ।

नेट रनरेटका आधारमा अफगानिस्तानले नेपाललाई पछि पारेको छ । शनिबार हुने महत्वपूर्ण खेल वर्षाले प्रभावित भएमा नेपाललाई घाटा हुनेछ। खेल शनिबार बिहान ९ बजे सुरु हुनेछ ।

छनोटअघि नेपाल र अफगानिस्तानले तीन खेलको शृंखलामा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतिस्पर्धामा अफगानिस्तान २-१ ले विजयी भएको थियो।

नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक, त्यसपछि सन् २०१२ र २०१६ मा यू-१९ विश्वकपमा स्थान बनाएको थियो। नेपाली युवा टोली अहिले नवौँ पटक विश्वकप खेल्ने तयारीमा छ।

मुलपानी क्रिकेट मैदान । तस्बिरः क्यान

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ४० बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन