'उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग | Khabarhub Khabarhub

‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित समुदायका अगुवाहरूले ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा आज धर्ना दिएका छन् । 

नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरूले ‘पिछडिएको समुदाय ( ओबीसी ) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

महासङ्घका अध्यक्ष गजेन्द्र ठाकुरले तीन वटै विकास समितिमा रिक्त रहेको पदमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्नेमा जोड दिए । तीन वटै विकास समितिमा लामो समयदेखि कार्यरत अबकासित कर्मचारीलाई पुनः नियुक्ति गर्नुपर्ने उनको भनाइ छ । 

महासङ्घले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरणको लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र (ओबीसी) आरक्षण लागू गर्नुपर्ने, सरकार र नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घ, दलित सङ्घ तथा वादी समुदायबीच भएको सम्झौता लागू गर्न सरकारसँग अनुरोध गरेको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ०९ बजे

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द