नासाका सबैभन्दा वृद्ध अन्तरिक्षयात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण « Khabarhub

नासाका सबैभन्दा वृद्ध अन्तरिक्षयात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– केक, उपहारहरू र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकहरूले आफ्नो ७०औँ जन्मदिन मनाउने तरिका हुनसक्छ ।

तर नासाका सबैभन्दा ज्येष्ठ कार्यरत अन्तरिक्ष यात्री डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा सात महिनाको मिसन पूरा गर्न एक अन्तरिक्ष यानमा पृथ्वीतर्फ हुइँकिँदा ७० वर्ष पूरा गरे ।

अमेरिकी र दुई रुसी अन्तरिक्षयात्रीहरू बोकेको सोयुज क्याप्सुल आइतबार पेटिटको महत्त्वपूर्ण जन्मदिनमा कजाकिस्तानमा अवतरण गर्‍यो ।

अन्तरिक्षमा दुई सय २० दिन बिताउँदै पेटिट र उनका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको तीन हजार पाँच सय २० पटक परिक्रमा गरे र उनीहरूले मिसनको अवधिमा नौ करोड ३३ माइलको यात्रा पूरा गरे ।

यो पेटिटको चौथो अन्तरिक्ष उडान थियो । उनले आफ्नो २९ वर्षको करियरमा कक्षमा १८ महिनाभन्दा बढी समय बिताएका छन् ।

तीनै जना अन्तरिक्ष स्टेसनबाट छुटेको केही घण्टापछि आइतबार बिहान ६ः२० बजे (०१२० जिएमटी) कजाकिस्तानको जेज्काजगानको दक्षिणपूर्व भागको दुर्गम क्षेत्रमा अवतरण गरे।

अवतरणको नासाका तस्बिरहरूले सूर्योदयलाई पृष्ठभूमिको रूपमा राखेर सानो क्याप्सुल प्यारासुटबाट पृथ्वीमा झर्दै गरेको देखायो ।

उद्धारकर्ताहरूले उनीहरूलाई अन्तरिक्ष यानबाट फुलाउन सकिने मेडिकल टेन्टमा लगेपछि अन्तरिक्षयात्रीहरूले थम्स–अप इशाराहरू दिए ।

पेटिटलाई जहाजबाट बाहिर निकालिँदा केही थकित देखिए पनि नासाले एक विज्ञप्तिमा ‘उहाँ राम्रो अवस्थामा हुनुहुन्छ र पृथ्वीमा फर्केपछि उहाँका लागि अपेक्षा गरिएको दायरामा हुनुहुन्छ’ भनेको छ ।

त्यसपछि उनी टेक्सासको एजेन्सीको जोन्सन स्पेस सेन्टरका लागि नासाको विमानमा चढ्नुअघि कजाख सहर कारागन्डाका लागि उडान गर्न तयार थिए ।

अन्तरिक्ष यात्रीहरूले आफ्नो समय आइएसएसमा पानी स्वच्छता प्रविधि, विभिन्न अवस्थाहरूमा बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहार जस्ता क्षेत्रहरूको अनुसन्धानमा बिताएको नासाले बताएको छ ।

तीनै जनाको सात महिनाको यात्रा नासाका अन्तरिक्षयात्रीहरू बुच विलमोर र सुनी विलियम्सले अनपेक्षित रूपमा कक्षीय प्रयोगशालामा बिताएको नौ महिनाभन्दा केही कम थियो । विलमोर र विलियम्सले परीक्षण गरिरहेको अन्तरिक्षयानमा प्राविधिक समस्याहरू आए र उनीहरूलाई पृथ्वीमा फर्काउन अयोग्य ठहर गरिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ५३ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर