एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै | Khabarhub Khabarhub

एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम गर्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका हुन्। उक्त कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्।

कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उनको भनाइ छ ।

उक्त कार्यक्रममा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १३ बजे

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,