काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा « Khabarhub

काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाले भने महानगरलाई गत २६ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको थियो ।

चुनौतीका बाबजुत पनि समितिले यस जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गेको हो । काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ र सुन्दर काठमाडौंको पहिचान’ नारा सहित समितिले सरसफाइ अभियान ०६५ बाट काठमाडौंमा शुरु गरेको थियो ।

नेपाल सरकारबाट वि.स. २०६८ सालमा सरसफाई गुरु योजना जारी गरिएपछि विभिन्न जिल्लामा सरसफाइको कार्यक्रम सुरु गरेको समितिका सदस्य सचिव शिव सुन्दर राज वैद्यले जानकारी दिए ।

यससँगै समितिले ‘एक घर, एक शौचालय’ अवधारणा सुरु गरेको थियो । नेपालकै पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो । आगामी असोज १३ गते नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने सरकारको तयारी रहेको छ ।

‘अभियानको क्रममा कुल ५५ हजार ५ सय शौचालय निर्माण भएको छ’ बैद्यले भने ‘उपभोत्ताको सहभागितामा करिब २७ करोड ८० लाख बराबर तथा नेपाल सरकारबाट अति बिपन्न परिवारलाई करिब ६ करोड ६५ लाखको सहयोग गरी कुल ३४ करोड ४५ लाख बराबरको श्रोत परिचालन भएको छ ।’

यससँगै सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्र ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : २५ बजे

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित