बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी « Khabarhub

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ ।

मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पुर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

‘सर्वदलीय बैठकबाट प्रधानमन्त्री वा विभागीय मन्त्रीको उपस्थितिमा कोहलपुर– १ बाट जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने निर्णय भएको छ’, अध्यक्ष खनालले भने, ‘यस सम्बन्धी सम्पूर्ण तयारी भइसकेको छ भने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौँ ।’

विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यहरूको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्राचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ५७ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको