सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खाँडाचक्र नगरपालिकामा तालाबन्दी « Khabarhub

सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खाँडाचक्र नगरपालिकामा तालाबन्दी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिकामा उपभोक्ता समिति र करारका कर्मचारीले तालाबन्दी गरेका छन् । उपभोक्ता समितिले भुक्तानी नपाएको भन्दै र करारका कर्मचारीले तलब नपाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् । 

नगरपालिका सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । नगर प्रमुख कमलबहादुर शाहीले आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत राख्ने गरेको कर्मचारीहरुको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा उपभोक्ता समितिले योजनाका काम गरेको तर भुक्तानी पाउन सकेका छैनन् भने, करारका कर्मचारीले तलब पाउन नसकेका कारणले तालाबन्दी गरेका हुन् । 

नगरपालिकाका मेयर शाहीको एकल निर्णयले गत कार्तिक १४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका प्रवलजंग शाहीलाई हटाई नगरपालिकाको प्रशासन शाखामा कार्यरत अधिकृत छैंठौं तहका अविराज शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि विवाद बढेको थियो ।

नगरपालिकामा उपसचिव तहको दरबन्दी भएतापनि नगरपालिकामा उपसचिव टिक्न सक्दैनन् । नगरपालिकाभित्र सिनियर सातौ तहका जसीप्रसाद चौलागाईँलाई केही समय प्रमुख प्रशासकीय अधिकृत बनाएपनि विभिन्न बाहान गरेर हटाएर फेरी अधिकृत रहेका प्रवलजंग शाहीलाई हाकिम बनाएको थियो । 

अहिले न प्रवलजगं छन न चौलागाईँ । मन्त्रालयले उपसचिव नै तोकेर पठाएपनि यहाँको किचलो र लफडाले गर्दा बीच बाटोबाटै फकिर्ने गरेका पाइएको छ ।
मन्त्रालयले केही समय पहिला एकजना उपससिचवलाई पठाए पनि उनी कार्यालयमा हाजिर नभएर बीच बाटोबाट नै फिर्ता भएका थिए ।

 पुनः त्यसलगतै नगरपालिकाले तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढालाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको थियो । मन्त्रालयबाट बुढाको नाममा कामकाजको चिठ्ठी आएपनि विभिन्न राजनीति पावरले रोकिएको छ ।

मन्त्रालयले मंसिर ११ गते अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि जनताका दैनिक कामकाजका साथै भुक्तानी सम्बन्धी कुनै पनि काम हुन सकेका छैनन् । कर्मचारी तलब भत्ता, बाल पोषण, वृद्धभत्ता, योजनाको भुक्तानी तथा दैनिक कार्यालयको खर्च समेत भुक्तानी हुन सकेको छैन ।

सरकारले आर्थिक वर्ष २०८१-८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निर्णय गरेको थियो । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेपछी सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई निरुत्साहित गर्न निर्णय गरेको हो ।

नगरपालिकाले काम गरेको योजनाको भुक्तानी नदिँदा बाध्य भएर तालाबन्दी गरेको खाँडाचक्र नगरपालिका वडा नं. ७ का राजबहादुर शाहीले बताए । 

‘हामीले काम गरेको भुक्तानी पाउन सकेका छैनौं,’ उनले भने,‘त्यसैले बाध्य भएर तालाबन्दी गरेका हौं ।’

नगरपालिका भित्र केही समस्या भएका कारणले उपभोक्ता समिति र करारका कर्मचारीले तालाबन्दी गरेको नगर उपप्रमुख गणेश शाहीले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : १८ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका