कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस् | Khabarhub Khabarhub

कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस्


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामती विधेयकमाथि तीव्र रूपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरी आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन् । 

यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी संगठनहरुले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

थापाले कर्मचारीहरुले आन्दोलनका विषयमा पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । अहिले राम्रो वातावरण बनिरहेको अवस्थामा वातावरण बिग्रन दिन नहुने उनले बताए ।

त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले शिक्षक आन्दोलनबाट प्रभावित भएर आन्दोलनको बाटो नखोज्न कर्मचारी संगठनलाई सुझाव दिए । 

कर्मचारी संगठनहरुले सडकमा जाने बहाना खोजिरहेको भन्दै उनले जिम्मेवार भएर समयमा नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए  ।  

सांसद श्रेष्ठले जिम्मेवार ठाउँबाट गैर जिम्मेवार अभिव्यक्ति आउन थाले आफ्नो सम्मानका लागि सडकमा जाने अवस्था आउने अवस्था सिर्जना हुने जिकिर गरे  ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई