सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का « Khabarhub

सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमालेबीच भएको सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया छिटो सुरु गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै खड्काले संविधान संशोधनको काम अघि बढाउन ढिला भएको भन्दै दुईदलबीच भएको सहमति अनुसार यसलाई छिटो अघि बढाउनुपर्ने बताएका हुन् । 

सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर संशोधनको आधार तयार बनाउनुपर्ने उनले बताए । 

त्यसैका आधारमा अन्य दलहरूसँग छलफल गरेर सुझावका आधारमा संविधानलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । 

उनले संविधानमा भएको अधिकारलाई घटाउने गरी नभई बढाउने गरी संशोधनको बहस हुनुपर्ने बताए । खड्काले सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्ने भन्दै दुई दलबीच भएको सहमति दायाँबायाँ नहुने स्पष्ट पारे ।  

उनले आम नागरिकको भावनालाई बुझेर असन्तुष्टिहरूलाई अभिव्यक्ति तथा निर्णयका मार्फत सम्बोधन गर्नुपर्ने समेत बताए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब