आन्दोलनरत शिक्षकले सडकमै रक्तदान गर्ने | Khabarhub Khabarhub

आन्दोलनरत शिक्षकले सडकमै रक्तदान गर्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंमा तीन सातादेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरू रक्तदान गर्ने भएका छन् । आन्दोलनको २३औँ दिन भोलि (बिहीबार) सरकारविरुद्धको प्रदर्शनका क्रममा उनीहरूले सडकमै रक्तदान गर्ने तयारी गरेका छन् । 

नेपाल रातह शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले दिउँसो २ बजे नयाँ बानेश्वरनजिक सडकमै बृहत् रक्तदान कार्यक्रम गरिने जानकारी दिए । 

‘सधैँ जसरी भोलि पनि हाम्रो आन्दोलन बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु हुन्छ । नयाँ बानेश्वर पुगेपछि दिउँसो २ बजे प्रदर्शन समापनसँगै रक्तदान गर्छौँ,’ उनले खबरहबसँग भने ।  
 
सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू काठमाडौंमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २२ दिन पुगिसकेको छ । 

शिक्षक–कर्मचारीको पेशागत हकहितको संरक्षण र प्राप्ति तथा गुणस्तरीय विद्यालय शिक्षाको विकासको पक्षमा सक्रिय महासंघले चैत २० देखि आफूमातहतका विभिन्न पेशागत संघ–संगठनमार्फत् देशभरबाट शिक्षकहरू काठमाडौं उतारेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई