कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंककारीले गरेको आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहलगाममा मंगलबार भएको आतंककारी आक्रमणका प्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
 
आक्रमणमा परी एक नेपालीसहित कम्तिमा २६ जनाको मृत्यु र कयौँ व्यक्ति घाइते भएका थिए ।

 ‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरूद्धका यस्ता आतंककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ,’ खड्काले भनेका छन्, ‘यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दछु ।’

कांग्रेसले आक्रमणमा परी निधन भएका नेपाली नागरिक रूपन्देहीको बुटवल-११, कालिकानगरका सुदीप न्यौपानेको शवलाई स्वदेश ल्याउनका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह पनि गरेको छ । 

‘शव नेपालमा ल्याई मृतकका परिवारलाई बुझाउनका लागि सरकारले तुरुन्त कूटनीतिक पहल प्रारम्भ गर्न र मृतकका परिवारलाई उचित सहयोग पुऱ्याउनका लागि नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०२ बजे

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर