सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव « Khabarhub

सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । 

आज सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिदै आएको जार र बोतलको पानी अब सदाका लागि बन्द गरिने बताए।

उनले भने, ‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्यअनुसार काम अगाडि बढी रहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी बितरण हुन्छ ।’

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी बितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो । 

यहीँ वैशाख अन्तिम साता सम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी बितरण गरिने मन्त्री यादवले जिकिर गरे। 

उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्ध पानी सबैको पहुँचमा पुर्‍याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’

सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफूहरूको साझा प्रयासमा साथ दिएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इञ्जियर प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : १० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर