काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार २ बजेबाट रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता मनिस झाले जानकारी दिए।
बुधबार सभामुखसँगको छलफलपछि रास्वपाले दलको बैठक बोलाएको हो । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग १२ गते सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गरेका थिए ।
झाका अनुसार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक बोलाइएको हो । बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा छलफल हुने बताइएको छ ।
यस्तै वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाको भनाइ छ ।
प्रतिक्रिया