एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा « Khabarhub

एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । 

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । 

उनले सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताए । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उनले बताए  ।  

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नेछन् । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना