शिक्षक आन्दोलन सम्बोधनमा ढिलाइ नगर्न समितिको सुझाव « Khabarhub

शिक्षक आन्दोलन सम्बोधनमा ढिलाइ नगर्न समितिको सुझाव


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । 

आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत  सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् । 

बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्। 

‘अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरूको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिनुपर्छ’, उनले भनिन्। 

उनले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिइन् । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरूलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरिन् ।

समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयवस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब