गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी « Khabarhub

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरा ३१ लेखनाथका तिवारी विकास अध्ययनका पिएचडी शोधार्थी हुन् । पोखरा विश्वविद्यालयसहित विभिन्न कलेजमा अध्यापन को अनुभव रहेका उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् । 

सरकारले कार्यकारी निर्देशक छनोटका लागि प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा समिति गठन गरेको छ । जसमा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल सदस्य छन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक प्रशासन हेर्ने सचिव बाबुराम गौतम सदस्य सचिव थिए । 

समितिले तिवारीसँगै भानुभक्त पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो । नियुक्तिका लागि १४ जनाको आवेदन परेकामा २ जनाको आवेदन अस्वीकृत गरेको भएको थियो । 

कार्यकारी निर्देशक ऋषिराम पाण्डेको कार्यकाल सकिनु अगावै फागुन २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ दिनको म्याद राखेर सूचना जारी गरेको थियो । दरखास्त बुझाउने अन्तिम दिन चैत ६ गते बुधबारसम्म १४ जनाको आवेदन परेको थियो । पाण्डेको पदावधि फागुन २८ गते सकिएको थियो । 

आवेदन दिनेहरूमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानुभक्त पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा। होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले थिए । यसैगरी बाबुराम केसी, डा. गोविन्दबहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्राडा. कुसुमाकर न्यौपानेको दरखास्त परेको थियो । 

कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र कम्तीमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ । उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै फौजदारी कसुरमा अदालतबाट दोषी नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग कुनै स्वार्थ सम्बन्ध नरहेको व्यक्तिले आवेदन दिनसक्ने गरी मापदण्ड बनाइएको छ । 

सर्टलिस्टमा परेका ६ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाइएको थियो । जसमा कुमारकञ्चन जिसी, होमनाथ गैरे र विजय वाग्ले थिए ।  प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने अभिप्रायका लागि प्रतिष्ठान खुलेको हो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठान ५ वर्ष पार गरेको छ ।

प्रतिष्ठानले स्थापना १८ हजार ८ सय ३० जनप्रतिनिधि र कर्मचारीलाई विभिन्न कार्यक्रममार्फत् प्रशिक्षित गरेको छ । प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणी एवं सहायकस्तर चौथो तथा पाँचौँ तह र अधिकृतस्तर छैटौं, सातौं तथा आठौं तहका कर्मचारीको वृत्ति विकासमा योगदान गर्ने उद्देश्यले प्रदेशस्तरमा नै सेवाकालीन तालिम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म ३० कार्यदिने सेवाकालीन तालिमबाट सहायकस्तरका ४ सय ३३ र अधिकृतस्तरका २ सय ७ जना गरी ६ सय ४० जना कर्मचारी दिक्षित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : १७ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३