तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी र मिश्र उच्च रक्तचापको बिरामी भएकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिए तीन दिन अगाडि नै हाजिर जमानमा छुट्न सक्ने आदेश पनि भएको छ ।

‘तीन दिनको म्याद थप भएको छ । तीन दिनभित्र अनुसंधानको कार्य सम्पन्न गरी पेस गर्नु भन्ने आदेश छ । यदि पेस गर्न नसके हाजिर जमानीमा छाडिदिनु भनिएको छ’, श्रेष्ठले खबरहबलाई भने, ‘यो तीन दीनमा पनि स्वास्थ्य उपचारको पनि ख्याल गर्न आदेश छ । यही तीन दीनमा पनि उहाँहरूको स्वास्थ्यमा थप समस्या आए जुनसुकै बेला छुट्न सक्नुहुन्छ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ रिहा भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ११ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३