काठमाडौं – भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै राप्रपाले मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य नहुने बताएको छ ।
‘पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन । राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा छ,’ पार्टी अध्यक्ष लिङ्देनले जारी गरेको वित्रज्ञप्तीमा उल्लेख छ ।
साथै उक्त आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राप्रपाले परिवारजनमा समवेदना प्रकट गरेको छ ।
मंगलबार कश्मिरमा आतंककारीले गरेको आक्रमणमा २७ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया