खाँडाचक्र नगरपालिकामा लगाइएको ताला खुल्यो « Khabarhub

खाँडाचक्र नगरपालिकामा लगाइएको ताला खुल्यो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला खुलेको छ । करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै र उपभोक्ता समितिले योजनाको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए । 

नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो । ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमलबहादुर शाही र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा आर्थिक प्रक्रियागत ढिलाई स्वीकार्दै करार कर्मचारीसहित उपभोक्ताको भुक्तानी पनि पाँच दिनभित्र उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खुलेको छ । 

कर्मचारीहरूको जायज मागप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए ।

 ‘आवश्यक आर्थिक व्यवस्थापन गरेर तलब र योजनाको भुक्तानी उपलब्ध गराउनेछौँ,’ उनले भने, ‘सहमति अनुसार नै ताला खुलेको छ ।’

ताला खोलिएसँगै कार्यालय पुनःसञ्चालनमा आएको छ भने कर्मचारीहरू पनि नियमित काममा फर्किएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार